बुझ्दै बुझ्दिन

- मनिता रेग्मी बेल्कोटगढी-२ , नुवाकोट


बुझ्दै बुझ्दिन

अभागी छु कि मेरा कदम खराब हो बुझ्दै बुझ्दिन
खुसी नआएकै हो कि महसुस नभएको हो बुझ्दै बुझ्दिन

हिडे बाटो बिना गन्तव्यको
जति हिडेपनि बाटो जिन्दगीको बुझ्दै बुझ्दिन

न पढेर , न बढेर पाए खुसी जिन्दगीमा ,
खै कहाँनेर बिग्रो तलमेल जिन्दगीको बुझ्दै बुझ्दिन

यहाँसम्मको यात्रामा धेरै कुरा फाटे
तै पनि जिन्दगी यो खै कसरी काटे बुझ्दै बुझ्दिन

प्रगति गर्न प्रयत्न गर्नु पहिलो कदम हो भन्ने थाहा छ,
तर पनि किन सन्तुष्टि छैन आफ्नै जिन्दगीसँग बुझ्दै बुझ्दिन

यसमा तपाइको मत