
जागेर आउन सक्छ माया मनमा फेरि ।
ख्याल गर म हुनैपर्छ तिम्रो जतनमा फेरि ।
तिमिलाई सजिलै जाउ भनेर भन्न त हुन्थ्यो ।
तिम्रै छाप बसेको छ मेरो यो नयनमा फेरि ।
केहीसम्म त भैदियोस न खुशीका कुरा पनि ।
कति दुखको कुरा मात्रै हुन्छ जिवनमा फेरि ।
प्रिय एकछीन त देउ तातिन तिम्रो गल्बन्दीमै।
मरेपछि लान पाइदैन माया कफनमा फेरि ।
निरा विश्वकर्मा
शित्गंगा 9 अर्घाखाँची



