
रुँदा रुँदै हाँस्नुपर्ने तिम्रै लागि रै छ आमा
फूलमाला गाँस्नुपर्ने तिम्रै लागि रै छ आमा
जिन्दगीको भर छैन कहिलेसम्म चल्ने हाे
आखिर मैले बाँच्नुपर्ने तिम्रै लागि रैछ आमा
हरपल हर खुशी रंगमंच माथी
दिनरात नाँच्नुपर्ने तिम्रै लागि रैछ आमा
नाटकको पात्र जस्तै तिम्रो सामु आई।
आफैंलाई जाँच्नुपर्ने तिम्रै लागि रैछ आमा
अँध्यारोमा छामछुम गर्दै भए पनि
जीवन् रथ हाँक्नुपर्ने तिम्रै लागि रैछ आमा



