उद्योगका लागि चाँदी आयात खुला गर्न महासंघको आग्रह

- कृष्ण गोपाल श्रेष्ठ "फसी"



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले उद्योगका लागि चाँदी आयात खुला गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर यस्तो आग्रह गरेकाे हाे ।

महासंघका अध्यक्ष शाक्यले हाल कायम रहेको व्यवस्थाले उद्योगी–व्यवसायीको लागत बढी पर्न गएको तथा त्यसले प्रतिस्पर्धी क्षमता घटाएको भन्दै आयातको सीमा खुला राख्न आग्रह गरेको बताए ।

व्यवसायीको आग्रहलाई सम्बाेधन गर्दै गभर्नर अधिकारीले आफूले व्यवसायीको मागलाई सकारात्मक रूपमा लिएको बताए । त्यसक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्र तथा महासंघका तर्फबाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाइ बज्राचार्य, प्रवक्ता मनोजकुमार साह, टेक्नोजया ज्वेलरी उद्योगका तर्फबाट उद्योगी दीपक मुन्द्रालगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत