सर्वप्रथम रत्न प्रसाद अनामणि श्रेष्टद्वारा सृजित, सङ्कलित, सम्पादित र प्रकाशित “एक कप चिया” नामक कृति पढ्ने सुअवसर प्रदान गर्नुभएकोमा म उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । रु २० मात्र मूल्यमा सफलताका १०१ सूत्रहरु प्रतिपादित र सङ्कलित समेत गरी मात्र पृष्ठ १६ मा प्रकाशित गर्नु सामान्य कुरा होइन भन्ने मेरो बुझाईछ । ऋग्वेद, यजुर्वेद, सामवेद, गीता र चाणक्य नीति आदि बिबिध ग्रन्थहरुको सारलाई एकत्रित गरी प्रकाशित गर्नुभएको अथक प्रयास अत्यन्तै प्रशंसनीयछ । उहाँकै अनुसार-(यो ज्ञानको एक कप चियाले सफलताको शिखर चुमिनेछ)
अनेकानि च शास्त्राणि स्वल्पायुर्विघ्नाकोटय ।
तस्मात्सारम्विजनीयात्क्षीरम् हम्से इवाम्भ्सि ||
अभ्यस्य वेदाशास्त्राणि तत्वम् ज्ञात्वाथ बुद्धिमान्
पलालमिव धान्यार्थी सर्वशास्त्राणि सम्त्यजेत् ॥
शास्त्र अनेकछन् । आयु छोटोछ । विघ्न करोडौंछन् । तसर्थ
राजहम्सले झैं दुध मिश्रित पानीवाट दुध ग्रहण गरी पानी छाडे झै र धान चाहने कृषकले परालबाट धान झिकीलिई पराल छाडे झैँ गरी यी १०१ सुत्रहरु प्रस्तुत गर्नु वहाको प्रमुख विशेषता हो भन्ने ठान्दछु ।
अन्त्यमा सूत्र ९४ को अन्तिम वाक्य (सत्य प्रसारक र सत्यलाई स्पर्श गर्ने व्यक्तिले सत्यवाटै महान कार्य गर्दछ ) यति नै काफी छ । पूरै १०१ सूत्रहरु कृति मै समाबेस छन् । तेतैबाट अवगत हुनेनै भए । यहाँ उल्लेख गर्नु आवस्यक्कै परेन । बढी लेख्नु र लेख्न खोज्नु साधारण डुङ्गाले समुद्र तर्न खोज्नु समानहुनेछ|| किमधिकम् ||



