विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङ


काठमाण्डौ – विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भएको छ । मे २९ अर्थात ‘एभरेष्ट डे’ का अवसरमा हिजो सोलुखुम्बुको खुम्बु गाउँपालिकामा रहेको पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरिएको हो ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको रेस्लिङमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र  अमेरिकाकी  रेस्लर  डानियल मोरिसन (डानी मो) बीच खेल भएको थियो । खेलमा नेपालकी भगवतीले जितेकी छिन् । रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा अहिलेसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन्  ।

यसमा तपाइको मत