
कथाकार हरिश कल्पित सरलाई एक/ दुइचोटी कार्यक्रमहरूमा देखेकाे थिएँ। तर बाेलचाल थिएन उहाँसँग मेराे।
एकदिन फेसबुकमा हरिश सरले बिहे कथा वाचनकाे लागि तयार पारेकाे पाेष्टर शेयर गर्नुभएकाे रहेछ। म त्यतिखेर आफै पनि कथा सङ्ग्रहकाे तयरी गर्दै थिएँ। र नयाँ कथाहरू पढ्दै पनि थिएँ। हरिश सर फेसबुकमा साथी पनि हुनुहुदाे रहेछ तर हाम्राे संवाद थिएन।
मैले म्यासेज गरे;
सर! हजुरकाे कथाकाे लिङ्क पठाउनु न म पढ्छु।
उहाँले दुइटा कथाकाे लिङ्क पठाईदिनु भयाे। मैले उहाँकाे कथा पढे। केहिदिनपछि प्रदिप सापाकाेटा भाइकाे नियात्रा बिमाेचन कार्यक्रममा मैले उहाँकाे कथा संङ्ग्रह ” ग्याब्रियले” पाएँ। एक सात ग्याब्रियले भित्र हराउँदाका मनमा उठेका तरंगहरू म यहाँ लेख्दै छु।
सर्वप्रथम त मलाई” ग्याब्रियले” कथाकाे आवरणले नै आकर्षित गर्याे। एउटा युवककाे ओैंला समाई रहेकाे बालककाे हातले धेरै कुराकाे धेरै अर्थ परिभाषित गरे झै लाग्याे । यस धर्तीमा बालकले आमाकाे गर्भबाट जन्म लिएर संसार देखेपनि, यस संसारमा दह्रो भएर उभिन बाबुकाे हात र साथ चाहिन्छ भन्ने जीवन दर्शन यस आवरण दिएकाे छ। जीवनमा अन्ध्यारा र उज्याला पाटाहरू हुन्छन नै । त्यसकाे पनि संकेत गरेकाे छ । क्षितिजमा सुर्यअस्त हुनै लाग्दा आफ्नाे गुँड संम्झेर उडेका चराहरूले जाे जहाँ, जुन भुगाेलमा भएपनि आफ्नाे देश फर्किने संन्देश दिए झै लाग्याे मलाई।

याे सुन्दर आवरण निरव सुवेदीले तयार पार्नु भएकाे रहेछ। बसन्तराज अज्ञातकाे साजसज्जाले कृति आवरण झनै सुन्दर बनेकाे छ। याे कृति आवृत्ति छापाखानाले मुद्रण गरेकाे हाे भने प्रेमकुमारी सुवेदी ( कथाकारकाे आमा) ले प्रकाशनमा ल्याउनु भएकाे छ। २०७७ सालमा प्रकाशित भएकाे उक्त कृतिकाे मूल्य रू २७५ रहेकाे छ।
कृतिभित्र:-
पहिलाे पृष्ठमा कथाकारले आफ्नाे कथा कृति ” ग्याब्रियले” स्व: दाजु लालचरण सुवेदीलाई समर्पित गर्नुभएकाे छ।
समय र सम्बन्धहरूलाई सापेक्षताकाे कसीमा घाेटिएका कथाकाे संङ्ग्रह- ” ग्याब्रियले” भनेर बरिष्ठ साहित्यकार डा. दामाेदर पुडासैनी” किशाेर” ले कथामा मीन ढंगले भुमिका मार्फत कथाकाे समीक्षा गर्नुभएकाे छ। त्यसपछि ,
आफ्नाे भनाई मार्फत कथाकारले कथा लेख्नुकाे उदेश्य, कथा लेखनमा हाैसलादिने ब्यक्तिहरूकाे नाम उल्लेख गर्नुभएकाे छ।
१५२ पृष्ठकाे यस कथा संङ्ग्रहमा १३ ओटा कथाहरू समावेश भएका छन्। कयौं कथाहरू जापानीज भुगाेल र परिवेशमा लेखिएका छन्। कथाकार लामाे समयसम्म जापानमा बसाेबास गरेकाे हुदाँ त्यहाँकाे भुगाेल, संस्कृति , परिवेशले कथामा राम्राे प्रभाव परेकाे देखिन्छ। ती कथाहरूमा जापानीज माटाेकाे मिठाे सुगन्ध आउँछ। दुई देशीय धुब्रले ल्याएकाे दुरी,बिछाेड,छट्पटी , कुण्ठाले ध्वस्त पारेकाे लथालिङ्ग जीवन पढ्दा दु: ख पनि लाग्छ।
कथा पढ्दै जाँदा कथाले पाठकलाई चुम्बक झै तान्दै लान्छ। दिक्क लाग्ने कुनै कथा छैनन्। कथा सलल बगेकाछन्। पात्रहरूकाे संवादले त कथा जिवन्त लाग्छन्। कथा जीवनकाे कुनै माेडकाे एउटा घटना हाे। त्याे दुखद् पनि हुन सक्छ, सुखद् पनि हुन सक्छ। यस संङ्ग्रहभित्र जीवनका सातै रंग समेटिएका छन्। ग्याब्रियले भित्रका कथाले पाठककाे मन छुन सक्नु नै कथाकारकाे सफलता हाे।
ग्याब्रियले कथा संङ्ग्रहकाे शिर्षस्थ कथा ग्याब्रियले नियाल्दा –
ग्याब्रियले युराेपेलियन शब्द हाे । यसकाे अर्थ चहिँ ” ईश्वर नै मेराे शक्ति हाे” भन्ने बुझिन्छ । याे कथा ६८ पृष्ठबाट सुरू भएर ७७ पृष्ठ सम्म फैलिएकाे छ। ग्याब्रियले कथाभित्र दुइहजार, पाँचसय,अन्ठानब्बे शब्दहरू रहेकाछन्। यस कथामा प्रथम पुरूष म पात्र प्रयाेग भएकाे छ।
नेपाली भुमीबाट आफ्नाे भबिष्य खाेज्दै जापान पुगेका नेपाली युवक हरिश, युराेपबाट आएर जापानलाई कर्मक्षेत्र बनाएका थाेमस, जापानीज नागरिक मिका यस कथाका मुख्य पात्रहरू हुन्। थाेमश र मिका बिचकाे प्रेम, अन्तरद्वन्द घात, धाेका बिच कथा रूमलिएकाे छ।
सुरूमा थाेमश र मिका बिच गहिराे प्रेम हुन्छ। प्रेमलाई त्याे जाेडीले बिबाहामा परिणत गर्छन्। पछि उनीहरूकाे सन्तान जन्मिन्छ। बच्चाकाे नाम थाेमशकी आमाले युराेपेलिन भाषामा ” ग्याब्रियले” राख्छिन्। जसकाे अर्थ हुन्छ-” ईश्वर नै मेराे शक्ति हाे।”
सन्तान प्राप्तिपछि सुखद् जीवन अंगाल्दै गरेका थाेमशले आफ्नाे देश फर्किने कुरा गर्छ अनि द्वन्द सुरू हुन्छ। मिका जापान छाेड्न मान्दिन र बिना खबर बच्चा लिएर ऊ बेपत्ता हुन्छे। थाेमशकाे जीवनमा एका एक साेनामी आउँछ। ऊ त्यही पिडाले बिझिप्त बन्छ। पछि अदालतमा मिकाले संम्बन्धबिच्छेदकाे निवेदन हाल्छे। थाेमश बिछिप्त बन्छ म अब कहिले मेरी छाेरी ग्याब्रियलेलाई भेट्न पाउँदिन हाेला? भन्दै कथा अन्त भएकाे छ।
यति ससक्त कथा संङ्ग्रह पढ्ने अवसर दिएकाेमा कथाकार हरिश कल्पित सरलाई हार्दिक बधाई कथाकाे लागि र शुभकामना आगामी कथा यात्राकाे लागि!!



