सद्बुद्धि,सदिक्षाको छ खाचो।

- माधव प्रसाद उपाध्यय


आज श्रावण १ गते,हामी नेपालिले मनाउछौ साउने संक्रान्ति,
आजका पत्रिकाले छापेका खबर पढ्दा,ती सत्य हुन वा भ्रान्ति,।

 

कान्तिपुरले मुख्य पृष्टमा २२ नवनियुक्त मन्त्रिहरुको मुहार छाप्य‍ो,
साथमा केहिका गुण/ दोष भनेर पनि थरि, थरि खबर बाच्यौ ।

 

आज थिए निकै पत्र पत्रिकाहरु मेरो छेउमै राखेको,
मनमा थियो उत्साह देश निर्माताहरुको जीवन चरित्र बुझ्न जागेको।

 

क्रमिकरुपमा पत्रिका नियाल्दै गए,आशा निराशामा बदल्दै गए,

कोहि लेख्दथे पुरानो बोतलमा नै भरिएको छ है पुरानै रक्सि।

कोहि ओकल्ने यी मध्ये धेरै मुहार हुन है,कुहिएको पहेलो फर्सि,

मलाई कुरा बुझ्न अप्ठ्यारो भयो,भ्रम माथि भ्रम थपिदै गयो।

 

पढे, धेरैजसो त रहेछन आरोपि राष्ट्र र जनताको हकमा,
भ्रष्टाचारि,कुशासक श्वार्थि,लोभिको टीका लागेको थियो माथमा।

 

ती त भ्रष्टाचारलाई भन्टा अचार मानि सहजै सधै पचाउथे अरे,
म मेरो मलाईको श्वार्थमा नै सधै तृप्त रहि, अति रमाउथे अरे ।

 

तर,गौमुत्र,सुनपानी छर्कि तिनिहरुलाई पहिले चोख्याईयो अरे,
अनि देशको मन्त्रिको आसनमा सहर्ष, श्वागतसात बसाईय‌ो अरे।

 

श्वच्छ चरित्र नहुनेहरुबाट राष्ट्र र जनताले खासमा के गरून् आश,
“सेरोफेरो सबै मेरो”भन्ने ध्याउन्न हुन्छ उनिहरुमा त खास ।

 

श्वर्गसरिको सुखि,खुसि,सुन्दर देशलाइ थिलथिलो पारिसके ,
काँक्रा, सरि देश चिर्ने, अश्वस्थ,अदृश्य अबस्था अधि सारिसके।

यस्तो दुर्अबस्थामा देश झनझन दलदलमा फस्ने बादलले धेर्दैछ,
यी नेताहरुलाई हेर्ने,सोच्ने,बिचारगर्ने मेरो श्वच्छ भावना फेरिदैछ।

 

अब म त गर्दछु बिनम् प्रार्थना त्रिगुणधारि सृष्टिकर्ता प्रभुको पाउमा,
देउ सद्बुद्धि,सदिक्षा यी नेताहरुलाई यो सुन्दर देश,जनता बचाउन, ।

प्रार्थि,
धनुषा जिल्ला अन्तरगत,खजुरि चन्हा भन्ने सुन्दर गाउँ,
थर मेरो रिजाल हो, माधब प्रसाद उपाध्याय हो नाउँ

यसमा तपाइको मत