बिक्रीमा नाता,सम्बन्ध

- माधवानन्द ( माधब प्रसाद उपाध्याय,रिजाल) जनकनन्दनि गाउपालिका ४ खजुरि-चन्हा(धनुषा)प


(लधु कथा)
===============
एकदिन म काम बिशेषले बजार तर्फ गई रहेको थिए। बजार पुग्नै लाग्दा सडक छेउमा निकै भिडभाड देखि एक्कासि मेरो कदम रोकिन पुग्यो। म पनि अनायास‌ै सो भिडभित्र नियाल्न पुगे।
एक सज्जन कराइ कराई गा,हकहरुलाई आफुतर्फ आकृष्टगर्ने प,यास गरि रहेका थिए। त्याहा त ** नाता,सम्बन्ध**पो बिकि, भई रहेको रहृेछ। त्यो कुरा सुनेपछि मेरो दिलको धडकन बढ्न थाल्यो।निकै धैर्य धारणगरि मैले आफ्नो अोठ कमाउदै अति नम् र मधुर श्वरमा ती सज्जनलाई
सम्बोधनगरि प,श्न गरे। भाइ ,के कति दर रेटमा नाता सम्बन्ध बेचि राख्नु भएको छ ? मेरो प,श्न समाप्त हुन नपाउदै ती सज्ननले मधुर मुस्कानसाथ मलाई प,तिप,श्न तेर्साए।
ठुल्दाई, कुनचाहि नाता,सम्बन्ध लिन चाहनु हुन्छ?
छोराको वा बुबाको ?
दाइ,भाइ को वा दिदी बहिनी को ?
ममतामयि माताको वा स्वार्थि पे,मिकाको ?
गृहणिको वा सेबिकाको ?
मानवता को वा श्वार्थि पे,मको ?
तपाईलाई कुनचाहि मनपर्छ,कुन सम्बन्ध खरिदगर्न रुचाउनु हुन्छ,दाइ।
म उन्को नाता सम्बन्धको बखान सुनी मौन रहे।
मलाई मौनदेखि उनले पुनः प,श्नगरे,
के भयो ठुल्दाई ?किन मौन धारण गर्नु भएको,केहित भन्नुहोस।
आफुलाई मन परेको नाता सम्बन्ध किनि धर लग्नु होस।
उनले फेरि छपे,ठुल्दाई, यसरी फेरि पनि यस्ता नाता सम्बन्ध किन्न अवसर पाउनु हुने छैन होला।
ठुल्दाई,कुन चाहिँ मन पराउनस भयो ।
म‌‌ अकमकाउद‌ै पुनः प,श्न थप्न पुगे।
“” साचो मित्रता””को मोल कति हो, भाइ ?
मेरो सो जिज्ञासा,प,श्न सुन्नासाथ उनको मुखाकृतिमा एक्कासि परिबर्तनसाथ उदासि झल्किन थाल्यो।
आफ्नो आखामा आँसु टलपल टलपल पार्दै अति सभ्य,नम् शब्दमा तिनले आफ्नो जवाफ फर्काउने प,याससाथ उनी भन्न थाले,** ठुल्दाई, त्यहि एक नातामा( पबित्र मित्रतामा) त बिश्वास र भरोसा टिकेको छ, जुन दिन त्यो नाता बजारमा बिकि, हुन आउला बुझौ त्यहि दिन देखि यो मृत्युलोकबाट,मानवता समाप्त भएको आभाष हुनेछ **/
ती सज्जन बिके,ताको त्यो मार्मिक,कटुसत्य वचन सुनेपछि मेरो मन निकै हलुको भयो,उनलाई धन्यबाद दिदै म लुरुलुरु आफ्नो
गन्तव्य तर्फ लागे।
अस्तु,
माधवानन्द
( माधब प्रसाद उपाध्याय,रिजाल)
जनकनन्दनि गाउपालिका ४
खजुरि-चन्हा(धनुषा)

यसमा तपाइको मत