समय

- - रूपा पौडेल ` शाम्भवी ´


फूल्नु भनेको झर्नु होइन
अह ,पटक्कै होइन
झर्नु भनेको मेटिनु होइन
अह ,पटक्कै होइन
फूल्नु गौरव हो
अस्तित्व हो
झर्नु समय हो
चक्र हो
समयसँगै पाइला
मिलाउँदै जाँदा
समयले कुल्चिएको डोबभित्र
निस्सासिएको अस्तित्व हराएझै
हराउँनु होइन झर्नु
झर्नु नयाँ सृजना हुनु हो
पलाउनु हो
मेटिनु होइन
मिल्नु हो
मिलाउँनु हो
अनन्तसम्म ।

यसमा तपाइको मत