छायादेवी कम्प्लेक्स भत्काउनु माग राख्दै प्रदर्शन


काठमाडौं । गैरकानूनी रुपमा ठड¥याएको ठमेलको छायादेवी कम्प्लेक्स भत्काउनु माग राख्दै सम्पदा संरक्षण समाजले काठमाडौंमा आइतबार प्रदर्शन गरेका छन् ।

नेपालकै धार्मिक, सांस्कृति तथा एैतिहासिक महत्व बोकेको पलेस्वाँ पुखू (कमल पोखरी) सार्वजनिक पोखरी मिचेर बनाइएको ठमेलस्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स भत्काएर पोखरी नै कायम हुनु पर्ने माग राखेर देशको राजधानीको सुन्धारा क्षेत्रमा प्रदर्शन गरिएको थियो ।

लिच्छविकालीन सम्पदा , इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेक्स बनाउने कार्यमा संलग्नलाई कारबाही गर्दै उक्त सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउन समेत माग गरिएको छ । प्रदर्शनकारीहरूले छायादेवी कम्प्लेक्स बहिष्कार गरौँ, कमलपोखरी पुनर्स्थापित गरौँ, सम्पदा संरक्षण अभियानमा सबै नेपाली एक हौ लगायतका प्लेकार्ड प्रदर्शन बोकेर गरेका थिए ।

विक्रमशील महाविहारको ऐतिहासिक कमलपोखरी र त्यसको डिल पुरेर व्यापारिक कम्प्लेक्स छाया सेन्टर निर्माण गरेको भन्दै संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेक्स भत्काउनुपर्ने जोडदार रुपमा माग गरेका छन् ।

सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा रहेको अवस्थामा अदालतबाट देशको अमूल्य सम्पदा विनाश नहुने गरि न्याय सम्पादन हुने समाजको विश्वास छ ।

यसमा तपाइको मत