
एन्टिना घनश्याम,काठमाडौ । काठमाडौको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बाबाचोकस्थित बिध्या आर्जन सेकेन्डरी स्कुलको ३२औ बार्षिकोत्सब तथा अभिभावक दिवसको उध्घाटन सम्पन्न भएको छ। नगर उपप्रमुख शान्ता थापाले पानसमा दिप प्रज्वलन गरेको उक्त कार्यक्रममा दर्जनौ छिमेकी स्कुलका प्रधानाध्यापकहरुको आतिथ्यता रहेको थियो। पढाइ संगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल साबित बिध्या आर्जन स्कुलको अभिभावक दिवस लाई दुई दिवशिय चरणमा गर्न लागियको प्रधानाध्यापक घनेन्द्र भट्टराई ले बताउनुभयो। फागुन १६ गते नर्सरी देखि कक्षा १ सम्मका नानिबाबुहरुको प्रस्तुति रहने र १७ गते कक्षा २ देखि कक्षा १० सम्मका बिध्यार्थिहरुको विविध प्रस्तुती रहने छ।

गणेश दाहालको सभापतित्वमा संचालित पहिलो दिवशिय कार्यक्रममा कक्षा १ सम्मका सम्पुर्ण बिध्यार्थिहरुले गायन,नृत्य,उध्घोषण लगायतका प्रस्तुती दिएर दिनभरजसो अभिभावकहरुलाइ मत्रमुग्ध गराएका थिए।



