
कर्मवादी अभियन्ता मनिराज डंगोल ५० वर्ष लागेका छन् । चौथो स सुख र समृद्धिमार्फत नेपाली समाजलाई बदल्न सकिन्छ भन्ने धारणा राख्ने डंगोल लामो समयदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । उनी उत्तरी काठमाडौंमा नेकपा एमालेका चर्चित र स्थापित नेता हुन।
जन्मोत्सवको उपलक्ष्यमा उनी आफ्नो गाउँ आफैं बनाऔं भन्ने अभियानलाई आफ्नो ठाउँबाट अगाडि बढाउन चाहन्छन । उनलाई लाग्छ नेकपा एमालेको सरकारले ल्याएको आफ्नो गाउँ आफै बनाऔं भन्ने धारणाकै कारण आजको स्थानीय निकायहरुले थुप्रै अधिकारहरु पाएका छन् । सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुगेको छ् ।
मनिराज गाउँको समृद्धि चाहने व्यक्ति हुन । उनी आजको नेपाललाई बदल्न चाहन्छ्न । छिटोभन्दा छिटो समृद्ध नेपाल बनाउनपर्छ भन्ने उनको धारणा रहेको छ ।
हालै आएको एउटा गीत चर्चामा छ -` मनिराजले सहर छोडयो रे ।´ उनी अहिले गाउँ केन्द्रित हुन खोजिरहेका छन् । गाउँ पुगिसकेका छन् ।
भन्छन् – `निरन्तर कर्मले मात्र नेपालको समृद्धि सम्भव छ । कोरिया , जापान , दुबै ,मलेसिया लगायत देशमा पुगेर असाध्यै दु:ख गर्नुको साटो गाउँमा नै पसिना बगाउन सके यहीँ पनि मनग्गे कमाउन सकिन्छ । म गाउँ पुगेर सम्भावनालाई समृद्धिसँग जोडन चाहन्छु । गाउँलेसँग मिलेरै गाउँलाई समृद्धिको दिशामा लैजान सकिन्छ ।´
प्राचीन नगरी मानिन्छ टोखा । सांस्कृतिक शहर टोखा ऐतिहासिक सहर पनि हो । यहि टोखामा किसान परिवारमा जन्मे /हुर्केका डंगोलसँग गाउँ – शहर जोडन सक्ने सपना छ । यहीँ सपनालाई मुर्त बनाउन चाहन्छन मनिराज ।
भन्छन् – म घोषणा गरेको काम जसरी पनि पुरा गर्छु भन्ने धोको बोकेको मान्छे हुँ । मलाई समाजमा सबै मानिस कर्मवादी भएको हेर्न मन छ ।



