निशुल्क मोतिया बिन्दु शल्यक्रियाको लागि नेवा भोजसहित सांस्कृतिक कार्यक्रम सम्पन्न


असोज ४, काठमाडौं ।
फाइट फर लाइफ नेपाल संस्थाले आज नेपाल सांकृतिक संघ, डिल्लीबजारमा बृद्धहरुको लागि निशुल्क मोतिया बिन्दु शल्यक्रियाको लागि “एक टिकट एक उज्यालो” कार्यक्रमको आयोजना गर्‍यो ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथिमा डा. किशोरराज प्रधान रहनु भएको थियो ।

कार्यक्रममा फाइट फर लाइफ नेपालकि अध्यक्ष हेमा मानन्धरले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा मिस नेवा प्रलिसा शाक्य, नमुना कलेज अफ फेसन टेक्नोलोजीका उपाध्यक्ष जिबेश्वरलाल श्रेष्ठ, कामपा ३१ वडा अध्यक्ष सरोज ढकाल, पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ, विभिन्न लायन्स क्लबका प्रतिनिधिहरुलगायतको उपस्तिथि रहेको थियो ।

कानुनविद् प्रविन प्रधान, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायत दुईसय बढीको उपस्थिति रहेको सो कार्यक्रममा मिस नेवा प्रसिद्दी शाक्यले गणेश नाच, मिस लिटिल नेवा नयना शाक्यले स्केट डान्स, गायक श्याम गलेन्जु लगायतले विभिन्न गीतहरु प्रस्तुत गर्नु भएको थियो ।

मिस नेवा सकिनाले सहजीकरण गर्नु भएको सो कार्यक्रममा नेवारी भोजको आयोजना गरिएको थियो ।

यसमा तपाइको मत