
छ कतै
आयातित नयाँ वर्षको भव्य रौनक
छ कतै
नेताहरूको सङ्गठन एकिकरणका भव्य सभा -सम्मेलन
कतै छन् तिनै एकीकृत सङ्गठनहरूका प्रसंशा र कतै बिरोधका माहोलहरू
लाग्दैछ की यहाँ सबैजसो मानिसहरू उस्तै
खुशी खुशीमा व्यस्त छन्
तर वास्तविकता यो होइन,
चार महिना अगाडि मात्र छोराछोरी सहीद हुँदा बाबुआमाका मन दुखिरहेको बेला छ
सायदै हामी आकलन गर्न सक्छौँ त्यो पिडालाई
पीडाहरूको कमी कहाँ छ र यहाँ ,
हाम्रै दिदी,बहिनी, भाउजू,बुहारीमध्ये कोही जिउँदै जलाएर मारिएका उदाहरण छन्
कतै छोरी-चेली बलात्कृत भएर
मारेर फालिएकै समाचारले
मन दुखिरहेको छ्
कतै वृद्ध आमाबुवा मानसिक सन्तुलन गुमाएर बाटोमा भौॅतारिएर हिॅडेका भेटिन्छन्
कतै अनाथ केटा-केटीहरू अनाथालय मै
दु:खित भएका छन्
कठिन जाडोमा एकसरो लुगा पनि नभएर कठ्याङ्गिएर ज्यान जाने डरमा बाँचिरहेका छन् कोही
कोही दुई छाक खाना कसरी जुटाउने भनेर भौॅतारिएका छन
यो माहोल हेर्दा लाग्दैछ की
देशमा सबै खुशी, सुखी र सुरक्षित मात्र छैनन्
ती सबै आफ्ना-आफ्ना नेताहरूको इसारामा चलिरहेका छन्
नेताहरूको पछि नै लाग्नु छ भने पनि
यसरी लागौॅ की ,
देशका लागी सोचेर लागौं
आफू सहीद भएर पनि
उनीहरूलाई पद फलिफाप भएको बेला छ
हरेक नेपालीले दुई छाक गाँस पाउन
मौसम अनुसारको कपास पाउन
घाम पानी ओत्ने बास पाउन
एउटा नयाँ दिन उदाउनुपर्छ
हो सबै एकनास नहोलान्
तर गाँस,बास र कपासको अभावमा ज्यान फाल्न नपरोस
कुनै बालबालिका र चेलीबेटीले
असुरक्षित महसुस गर्न नपरोस
यसरी पनि एउटा सुखद शुभकामना दिन पाइयोस्
नयाँ बर्षको



