निरन्तर सेवामा भिमेश्वर बाबा


नेपालको सांस्कृतिक परम्परामा तान्त्रिक साधना र ज्योतिष शास्त्रको विशेष स्थान छ । यही परम्पराको एक प्रतिनिधि हुन्— भिमेश्वर बाबा, जसको कागजपत्रमा भएको नाम हो महावीर थापा। उनलाई दशकौंदेखि गाउँ–सहरका मानिसहरूले तान्त्रिक गुरुका रूपमा चिन्ने गरेका छन् । भिमेश्वर बाबाले परम्परागत विधिबाट मानसिक, शारीरिक तथा आध्यात्मिक समस्याको समाधान गर्न सुझाव दिने गरिरहेका छन् ।
भिमेश्वर बाबाको व्यक्तित्व केवल तान्त्रिक साधकमा सीमित छैन। उनी गहिरो आध्यात्मिक चेतना बोकेको सालिन व्यक्तित्वका रूपमा परिचित छन् । वास्तुशास्त्र, तान्त्रिक साधना र ज्योतिषशास्त्र यिनका प्रमुख अध्ययनका क्षेत्र हुन्।
भिमेश्वर बाबाले तान्त्रिक पद्धति र ज्योतिषीय गणनाको संयोजनबाट विभिन्न रोग, ग्रहदोष, परिवारिक समस्या, आर्थिक संकट तथा अन्य दैनिक जीवनका चुनौतीहरूको उपचार गर्दै आउनुभएको सेवाग्राहीहरू बताउँछन । धेरै भक्तजनहरूले उनको साधना गहिरो रहेको र मन्त्रतन्त्रबाट जीवनमा सकारात्मक परिवर्तन आएको अनुभव साझा गरेका छन्।
भिमेश्वर बाबाको विशेषता भनेकै सामाजिक भावना र मनकारी स्वभाव हो। उनले आर्थिक अवस्था कमजोर भएकाहरूलाई पनि निःशुल्क वा न्यूनतम शुल्कमा सेवा दिने गरेका छन् । उसो त उनको सेवा पद्धति नै न्युनतम शुल्क आधारित रहँदै आएको छ ।
समाजका परम्परालाई वैज्ञानिक दृष्टिकोणसँग जोडेर आध्यात्मिक उपचार गर्ने भिमेश्वर बाबालाई आधुनिक सोचका तान्त्रिक गुरुका रूपमा पनि हेर्ने गरिन्छ , उनको मनकारी कार्यले धेरै परिवारहरूमा खुसी र शान्ति फैलाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् ।
फेसबुक, युट्युबलगायत प्लेटफर्महरूमा उनका भिडियो, भविष्यवाणी तथा उपचारसम्बन्धी सेयरहरू लाखौं पटक हेरिन्छन्।
भिमेश्वर बाबा केवल एक तान्त्रिक वा ज्योतिषी मात्र होइनन्, उनी समाजका लागि आशा र विश्वासको प्रतीक बनेका छन् । उनको साधना र सेवाले प्रमाणित गर्छ— परम्परा र आधुनिकता मिलाएर पनि मानिसको जीवनलाई सकारात्मक दिशा दिन सकिन्छ। भक्तजनहरूका लागि उनी सधैं ‘ भिमेश्वर बाबा’ को रूपमा सम्मानित छन् ।

यसमा तपाइको मत