
तीन मुक्तक
मुक्तक १
उच्च ताप दिई फलाम गलाउने उनै युवा हुन्
बाँझो भूमि सिंचाइ गरी जगाउने उनै युवा हुन्
घरपरिवारको भार होस् या देशको जिम्मेवारी
बोकेर सुन्दर संसार बनाउने उनै युवा हुन्।
मुक्तक २
कसैले जोडेछन् शरीर कमाउन भनेर दाम
कसैले साटेछन् सिन्दुर जमाउन भनेर काम
संस्कारीले दुई हात जोडी झुकाउँदा माथ
उच्चकोटीको भनाउँदाले गरे पुरै बदनाम।
मुक्तक ३
आसेपासेका धूर्तहरू पाखा लगाउँदैछ जानी
सङ्ग्लो र निर्मल बनेर बग्दैछ खोलाको पानी
यात्रा कहिल्यै नछोड, गतिले निरन्तरता पाओस्
सुवास छर्नु फूल बनी, बगैँचा आफ्नै ठानी।



