के भो, के भो टोलको बुढा बालाई ?

- रत्न प्रसाद अनामणि श्रेष्ठ


 

anamani ratna

 

 

सबै क्म्युनिस्टहरु मिल्नु पर्छ भन्थे

कम्युनिस्टले नै उज्यालो ल्याउछ भन्थे

किन किन त्यो बुढा बा

आज निराश निराश

खुइया गर्दै आफ्नो पुर्पुरोमा हात राख्दै

आफैलाई गाली गर्दै हिडेका छन् /

उहिले उहिले सोभियत भूमि पढेका रे

लेनिन , माक्स ,र माओंका तस्बिरमा

पूजा गर्नु पर्छ भन्थे रे

एक्का एक आज आफै

एक सुरमा बेढंगले भट्ट भट्याउन थाले

पुष्प लालको स्वर्गारोहण हुँदा

दुइ दिन भातै खाएन रे

मदन भण्डारी मृत्यु हुँदा

कपाल खौरेका रे

मनमोहनले भत्ता बढ्दा

टोलका सबैलाई हाम्रो साशन

यस्तो हुन्छ भन्दै धक्कु लगाएका रे !

निर्मल लामा, साहना प्रधान मृत्यु

छाक छोडेका रे !

माओबादी आन्दोलनले

झनै उत्साह भएका रे

अब छिट्टै समाजबाद आउछ भन्थे रे

आज एकाएक बर्बराउन थाले

कम्युनिष्ट सबै कहिले एक हुदैंन

यो नेपालमा

मैनाली, बैध, दाहाल, चन्द

रायमाझी सबै मगत बिग्रिएको कम्युनिष्ट रे !

यिनीहरुलाई कहिले भरोसा

नगर्नु है भन्दै प्रत्यक ढुंगालाई

सुनाउदै हिडेका छन्

कहिले कसलाई जिन्दाबाद भन्थे

कहिले कसलाई मुर्दाबाद भन्थे

के भो के भो

मेरो टोलको बुढा बा लाई

************************

येसरी बर्बराउन थाले

साना केटा केटा संग भेट भयो भने

अबको कम्युनिष्टको शिध्दान्त

तिमीहरुले बोक्नु पर्छ भन्थे

कहिले कसको , कहिले कसको

नाम लिंदै यी अरबपति कम्युनिष्ट भन्थे

सुबिधा भोगी कम्युनिष्ट भन्थे

अरुलाई रुवाउनु पर्ने मेरहरु

आफैले हसुरे भन्थे

लौ न के भो के भो

मेरो टोलेको बुढाबलाई ?

मा एकली आन्दोलन गर्छु अब

भन्दै पाखुरा सुर्कंन्थे

मलाई कसैले पनि भरोसा छैन

यी देश बेचुवाहरुसंग

भन्दै दारा कित्थए

आफ्नै घरको काम पनि गर्न

बिस्तारै छोडेका छन्

टोलमा एउटा कुकुर आए पनि

तँ पनि थालानो कमरेडको

साथि होला होइन ?

भन्दै सोध्दै हिड्थे

रातो कपडा देख्ने हुदैन

मेरो प्यारो झन्डा भन्दै खोस्न जान्थे

रेडियो अलि ठुलो स्वरले

बजाउंदा अब मेरो राज्य

आउछ समाचार सुनुहोस् भन्थे

खोइ के भो के भो

मेरो टोलको बुढा बा लाई ?

**********************

 

 

 

 

 

 

 

 

 

 

 

यसमा तपाइको मत