
मुक्तक १
अराजकता त्याग, सद्भाव लिएर आउ
हरेक मनमा प्रेमको प्रभाव लिएर आउ
सालिनताको गहना तिम्रो सधैं सुहाउँदो
अपनत्व , प्रेमत्वको स्वभाव लिएर आउ
मुक्तक २
अघि तान्छौ कि पछि धकेल्छौ विचार गरिरहन्छु
समिपमै राख्छौ कि पर ठेल्छौ विचार गरिरहन्छु
ठिक छ तिमी आगो हौ जलिरहु , बलिरहु
म घाम हुँ , मलाई कसरी छेल्छौ ? विचार गरिरहन्छु



