रिता गिरि `रेनुका ´ का दुई मुक्तक

- रिता गिरि `रेनुका ´ का दुई मुक्तक


मुक्तक १

देख्दा पहिलोपटक अनौठो भेष लाग्थ्यो
मान्छे थरिपरी रंगीबिरङ्गी केस लाग्थ्यो
वास्तविक परदेश त अहिले भोग्दैछु के हो
सुरुसुरुमा त राजधानी नै परदेश लाग्थ्यो

मुक्तक २
जनताको ओठमा हाँसो मनमा आस थपिएको छ
चुनाव पश्चात् अपत्यारिलो तर खास थपिएको छ
भरिदैछन् जेल अपराधी र भ्रष्टाचारीले आजभोली
हुन्छ परिवर्तन भन्ने जनतामा विश्वास थपिएको छ

यसमा तपाइको मत