नाट्टाको महासचिवमा कृष्णप्रसाद ढकालको दाबेदारी


काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनका लागि युविका भण्डारी नेतृत्वको टिमबाट कृष्णप्रसाद ढकालले महासचिव पदमा उम्मेद्बारी दिएका छन्।
ठमेलस्थित डिजायर नेपाल ट्रेक्स, ट्राभल एन्ड टुर्सका अध्यक्ष ढकाल पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। ट्रेकिङ, सांस्कृतिक पर्यटन, हवाई टिकटिङ र पर्यटन बजारमा अन्तर्राष्ट्रिय सहकार्यमा उनको लामो अनुभव रहेको छ। यस अगाडि पनि ढकालले नाट्टाको बोर्ड सदस्यका रूपमा समेत काम गरिसकेका छन्।


बोर्ड सदस्य हुँदा संस्थाका समस्या नजिकबाट बुझेको व्यक्ति पनि हुन , ढकाल ।
उनलाई नजिकबाट चिन्नेहरू महासचिवका उनले रूपमा प्रभावकारी भूमिका निर्वाह गर्ने दाबी गर्छन् । भण्डारी-ढकाल टिमले सदस्यकेन्द्रित, प्रविधिमैत्री र परिणाममुखी नाट्टा निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

यसमा तपाइको मत