जिस्वा तुलाधरको समावेशी टिमबाट नाट्टा महासचिवमा सुशील पन्तको सम्भावना बढ्दै


​नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को (२०२६–२०२८) कार्यकालको निर्वाचन नजिकिँदै गर्दा महासचिव पदका उम्मेदवार सुशील पन्तको चर्चा र समर्थन बढेको छ। पर्यटन व्यवसायी जिस्वा तुलाधरको प्यानलबाट उम्मेदवारी घोषणा गरेका पन्तको लामो अनुभव, कानुन र पर्यटन सम्बन्धि पृष्ठभूमि र समावेशी पर्यटनको अवधारणाका कारण पनि पर्यटन बजारमा उनीप्रतिको चासो बढेको एक पर्यटन व्यवसायीले बताए ।

​गोरखा जिल्लामा जन्मिएका पन्तसँग पर्यटन क्षेत्रमा तीन दशक लामो अनुभव रहेको छ । पन्तको कानुनमा स्नातक र सार्वजनिक प्रशासनमा स्नातकोत्तरसम्म शैक्षिक योग्यता रहेको छ। उनी ‘गोरखा इन्टरनेशनल ट्राभल्स’ का प्रबन्ध निर्देशक हुन् साथै डिजिटल रूपान्तरण र प्रविधिमैत्री सेवामा समेत सक्रिय छन्।


ग्रामीण पर्यटन प्रवर्द्धन तथा नेपालमै पहिलो ‘रेनबो इन्टरनेशनल कन्भेन्सन’ सफल आयोजना गरी नेपाललाई समावेशी तथा सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा चिनाउन उनले नेतृत्वदायी भूमिका खेलेका छन्।

​नाट्टाको सचिवालयलाई पूर्ण रूपमा पारदर्शी, सदस्यकेन्द्रित , प्रविधिमैत्री अनि काम गर्ने संस्था बनाउने अठोट पन्तको रहेकोे छ ।


यस टिमको साना तथा मझौला पर्यटन व्यवसायीहरूको हित संरक्षण गर्ने, सरकारी नीतिहरू व्यवसायीमैत्री बनाउन बलियो कानुनी पैरवी गर्ने र पर्यटन क्षेत्रका नयाँ चुनौतीहरूको डिजिटल समाधान खोज्ने मुख्य चुनावी एजेन्डा रहेका छन्। यी एजेन्डामा पन्त आफू पूर्ण प्रतिबद्ध रहने बताउछन् ।
अनुभवी पर्यटन व्यवसायी रूपमा चिनिएका पन्त कानुनसम्बन्धि ज्ञानमा पनि दक्ष व्यक्तित्व भएकोले पनि उनले नाट्टामा परिणाममुखी काम गर्न सक्ने देखिन्छ ।
समाजसेवी भावना र अन्तर्राष्ट्रिय पर्यटन बजारको ज्ञान भएका पन्तको उम्मेदवारीले नाट्टाको नेतृत्वमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

 

यस्तो छ जिस्वान तुलाधर श्रेष्ठ नेतृत्वको प्यानल

अध्यक्ष: जिस्वान तुलाधर श्रेष्ठ — स्वा ट्राभल्स एन्ड टुर्स
वरिष्ठ उपाध्यक्ष: विष्णु पाण्डे — हिमालयन क्लब टुर्स एन्ड ट्राभल्स
उपाध्यक्ष: प्रज्ञा पाठक शर्मा — एडभेन्चर आउटडोर एक्सकर्सन
महासचिव: सुशील पन्त — गोर्खा इन्टरनेसनल ट्राभल्स
सचिव: रमेश घिमिरे — वेल नेपाल टुर्स एन्ड ट्रेक्स
कोषाध्यक्ष: कृष्णप्रसाद ढकाल — काठमाडौं हलिडे टुर एन्ड ट्राभल
सह–कोषाध्यक्ष: डा. विमला दाहाल — सेलेक्टेड टुर्स एन्ड ट्राभल

कार्यसमिति सदस्य

१. प्रदीप आचार्य — ड्युक नेपाल एडभेन्चर
२. सुदर्शन गजुरेल — पर्ल होलिडेज
३. दिनेश घिमिरे — शिवालय होलिडेज
४. त्रिलोचन न्यौपाने — इन्टेल रोशी टुर्स एन्ड ट्राभल
५. अनु राउत (अधिकारी) — नेपाल स्नो ज्वेल ट्राभल एन्ड टुरिजम
६. रोजिना रञ्जितकार — रेनबो ट्राभल्स एन्ड टुर्स

यसमा तपाइको मत