
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्।
शुक्रवार सम्पन्न निर्वाचनबाट पाण्डे सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष बनेका हुन्।
अध्यक्ष पदमा पाण्डे, जिश्वा तुलाधर श्रेष्ठ र युविका भण्डारीबीच प्रतिस्पर्धा भएको थियो। पाण्डे प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन्।
तीन कार्यसमिति सदस्यमा भने युविका भण्डारी समूहका उम्मेदवार विजयी भएका छन्।
पाण्डे एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक हुन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा निर्वाचित भएका छन्। उपाध्यक्षमा सविता केसी भट्टराई निर्वाचित भएकी छन्। महासचिवमा राजकुमार देवकोटा निर्वाचित भएका छन्। सचिवमा रमेश पराजुली निर्वाचित भएका छन्।
कोषाध्यक्षमा डिकी शेर्पा निर्वाचित भएकी छन्। सह–कोषाध्यक्षमा जीवन कोइराला निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभास पौडेल निर्वाचित भएका छन्।
नयाँ नेतृत्वले पर्यटन तथा ट्राभल व्यवसायको विकासमा काम गर्ने अपेक्षा गरिएको छ।


