हिमशृङ्खलाको एकदिने नाटकमा रसुवाको बिनाशकारी बाढी


काठमाडौ । गोकर्णेश्वर-२ मा रहेको हिमशृङ्खला एकेडेमीले आफ्नै बिध्यालय परिसरमा एकदिने चेतनामुलक नाटक प्रतिस्पर्धा सम्पन्न गरेको छ। कक्षा ६ देखि १० सम्म करिब ५०० बिध्यार्थिहरुको १५ समूह बनाइ प्रतिस्पर्धा गराइएको कुरा प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले बताउनुभयो।

छाउपडी प्रथा,देउकी प्रथा,छोरीलाइ शिक्षाको महत्त्वदेखि जेन जि आन्दोलनको परिदृश्यहुदै भर्खरै गयको रशुवाको बिनासकारी बाढिसमेत लाई बिषयबस्तु बनाइएको नाटकहरुको निर्णायकमा कलाकार तथा फिल्म निर्देशक घनश्याम तिमल्सिना एन्टिना रहेका थिए। बिहान १० बजेदेखी बेलुकी ६ बजेसम्म संचालित नाटक प्रतिस्पर्धालाई सम्पुर्ण बिध्यार्थिहरुले निकै रोचक र उत्साहित तवरले हेरेका थिए।

यसमा तपाइको मत