
काठमाडौं । महाकवि सिद्विदास महाजु अमात्यको १ सय ५९ औं प्रभात फेरि कार्यक्रमको आयोजना गरी जन्म जयन्ती मनाइएको छ ।
नेपालभाषाका लागि आफ्नो जीवन सम्पर्ण गरेका महाकवि सिद्विदास महाजूको जयन्ती नेपालभाषा मंकाः खलः, मछिन्द्र क्लब, सिद्धिदास स्मृति समाज संयुक्त आयोजनामा आज भन्दा १० बर्षदेखि निरन्तरमा मनाउँदै आई रहेकाे छ ।
काठमाडौंको सिद्विदास चोकमा सोमबार विहान भोताहिटी दोबोटो भेला भई र्यालीको आयोजना गरिएको थियो । महाकवि सिद्धिदास महाजुको गीतसहित भोताहिति असन , जनबहाल, इन्द्रचोक, मखन, हनुमानढोका, मरुसतल, चिकंमूग, जैशीदेगल , ज्याबहाबल, लगं, ब्रम्हटोल, ह्यसमत हुँदै नरदेवी, किलागल हुँदै जबहालमा सम्पन्न भएको थियो । यसका साथै काठमाडौंको भोताहितिमा रहेको महाकवि सिद्धिदास महाजूको प्रतिमामा दिपावली कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
नेपालभाषाका चार खम्बा मध्ये एक खम्बा मानिएका महाकवि सिद्धिदास महाजुले “भाषा रहे जाति रहन्छ” भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी तत्कालीन राणा शासकहरुको दमनले मराणासन्न स्थितिमा पुगेको नेपालभाषा साहित्यलाई पुनर्जागरण गर्न उहाँले अतुल्नीय योगदान दिनु थियो । महाकवि सिद्दिदास महाजुको चित्र लेखन, कविता तथा बर्षभरि विविध कार्यक्रमको आयोजना गरिने नेवाः बस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधरले जानकारी गराउनु भयो ।

नेपाली भाषामा समेत साहित्यिक योगदान दिनु भएका महाकविको सज्जन हृदयाभरण, रम्भाकुसुम, सिद्विदासया थःगु मिखाय्, सत्यसती, संवाद व शिवविलास बाखं, सिद्वि रामायण आदि दजर्नौ कृतिहरू रचना गरेका छन् । सो कार्यक्रममा नेपालभाषाका साहित्यकार एवम् नेपालभाषाका अभियान्ताहरूको उपस्थिति रहेको छ ।
महाकवि सिद्धिदास महाजुले मातृभाषामा दिनु भएको उच्च योग्दानको कदर स्वरूप बग्गीमा महाकवि सिद्धिदास महाजु तस्बिर राखेर नेपाली सैनिक बैण्ड बाजासहित विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, महा नगर प्रहरी, साे र्यालीमा सहभागीता जनाइएकाे थियाे ।

महाकवि सिद्विदास महाजुका कृतिहरूमा पद्यतर्फ महाकाव्य सिद्धि रामायण, खण्डकाव्य ( सत्यसति, शिवविलाश, कोषकाव्य शुकरम्भा संवाद, सनातन धर्म, सञ्चय, मुक्तक काव्य कालचक्र आदि। तथा गद्यतर्फ आत्मकथा सिद्धिदास थःगु मिखाय्, कथामा शिवविलास, निबन्ध सर्वबन्धु नेपालीमा रचनात्मक कृतिहरूमा साहित्योत्तर वाङ्मयमा छन्द शास्त्र (सूक्ष्म छन्द) सरल छन्द बोध, कामशास्त्र (सत्यमदन) संचार (समाचार), वाणिज्य (स्वदेशवस्त्र), व्याकरण (सिद्धिव्याकरण),
विद्युत (विजुली) ज्योतिष(मुहूर्त चिन्तामणि) आदि उनका अमुल्य कृतिहरु हुन् ।



