
दर्पण फिल्म्सको निर्माणमा एनटिभी प्लसबाट प्रसारित लोकप्रिय कमेडी सिरियल ‘सत्य रामराम’ बाट अभिनय यात्रा सुरु गरेका कलाकार अनिल जि.सी. ‘बुलेट’ नेपाली कला क्षेत्रका एक परिचित र बहुआयमिक व्यक्तित्व हुन् । रङ्गीन दुनियाँमा प्रवेश गरेयता ठूलो र सानो पर्दा दुवै माध्यममा

सशक्त छाप छाड्न सफल उनले ‘विजयपथ’, ‘टक्कर २ मुटुको’, ‘मस्ति’, ‘देशले रगत माग्यो’, ‘क्याप्टेन’ लगायत दर्जनौँ चलचित्रहरूमा अभिनय गरिसकेका छन्। त्यसैगरी, ‘कान्छी’, ‘बुहारी’, ‘सकिगोनी’, ‘डियर जिन्दगी’, ‘हंगामा भो’ र ‘सत्य रामराम’ लगायत दुई दर्जनभन्दा बढी चर्चित टेलिशृङ्खलाहरूमा आफ्नो बाक्लो उपस्थिति जनाएका उनी पछिल्लो समय टेलिसिरियल ‘बिरह’ मा ‘अम्बरे’ रुपैया मार्फत दर्शकमाझ अत्यधिक चर्चित बनेका छन् ।

नकारात्मक चरित्रलाई पनि आफ्नो जीवन्त अभिनयले दर्शकको मनमा बस्न सफल बनाउने जि.सी. विभिन्न विधाका पात्रहरूलाई सहजै पर्दामा उतार्न पोख्त मानिन्छन ।



