बैद्य माओवादीका नेताहरू गालीशास्त्रमा पोख्त


baidya-badal-prachanda-960-358x300बैद्य माओवादीका नेताहरू गालीशास्त्रमा पोख्त देखिएका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रिय समितिको पुर्ण वैठकमा एकता गर्ने कि नगर्ने भन्नेबारे रुवावासीदेखि गालीगलौजसम्म भएको छ । केन्द्रिय समिति वैठकमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसग‘ मिल्ने नमिल्ने विषयमा गंभीर बहस भएको हो ।

बैठकमा पम्फा भुषाल, कुल प्रसाद केसी , हितमान शाक्य, पथिक लगायतकाले कार्यदिशा जेसुकै भए पनि एकताको विकल्प नभएको बताए । यहाँसम्म कि कुलप्रसाद केसीले त यहा‘ बसेर न क्रान्ति हुन्छ , न संसदीय राजनीतिमा केही हुन्छ , भविष्य समाप्त हुन्छ । त्यसैले हामी एकतामा जानैपर्छ ।

दिनेश शर्मा, दिलीप कुमार प्रजापति र पवनमान श्रेष्ठले भने देव गुरुङको विरोध गर्दै पार्टीको पैसाले छोरा डाक्टर पढाउने र अहिले मन्त्री बन्न खुट्टा तान्ने भन्दै कडा रुपमा प्रस्तुत भएर बैद्यको प्रस्तावको पक्षमा समर्थन गरे ।

यस्तो कुरा सुनेपछि देव गुरुङकी श्रीमती तथा पार्टी पोलिब्युरो सदस्य यशोदा सुवेदीले बैठकमै बढी निहुँ नखोज्न चेतावनी दिएकी थिइन् ।
बंगुर र कुखुरा फर्म चलाइरहेका केन्द्रीय सदस्य मौसम लिम्बुले त झन अब जनवादी क्रान्तिको कार्यक्रम नै फ्याँक्नुपर्ने भनेर तर्क गरे ।

बैद्य सैद्धान्तिक धरातलका आधारमा मात्रै एकता गर्नुपर्ने पक्षमा रहेका छन् । बैद्यको ध्यान प्रचण्डभन्दा बादलतिर गएको छ । बैद्यले बैठकबाट एकताका लागि ठोस पहल नचाले बादलको नेतृत्वमा बहुमत नेता कार्यकर्ता एमाओवादीमा जाने लगभग निश्चित ।

बैठक भोलि चैत २४ गते फेरि बस्ने पार्टी स्रोतले बताएको छ ।

 

यसमा तपाइको मत