पानामा पेपर्सले १३ नेपालीले कर छल्न विदेशमा कम्पनी दर्ता गएको खुलासा गरेकोछ । खोजी पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टले सार्वजनिक गरेको विवरणमा १३ नेपाली अनुहार रहेका छन् । उनीहरुको ठेगाना र लगानी गर्न खोलिएको कम्पनीको नामसमेत उल्लेख गरिएको छ ।
आईसीआईजेले सार्वजनिक गरेअनुसार सिद्धि भवन कान्तिपथका विजेन्द्र जोशी पहिलो स्थानमा नम्बरमा छन् । उनले वल्र्ड डिस्ट्रिव्युसन नेपाल प्रालि कम्पनी ट्याक्स हेभनमा दर्ता गराएका छन् ।
त्यस्तै विराटनगर ९ मोरङका विजेशकुमार तोडी अग्रवालले उडस्टोक युनिभर्सल लिमिटेड कम्पनी, सिद्धि भवन कान्तिपथ बस्ने बिमलकाजी ताम्राकारले हिमालय इन्भेस्टमेन्ट ग्रुप लिमिटिेड र वल्र्ड डिस्ट्रिव्युसन नेपाल प्रालि नाम गरेका दुई कम्पनी मार्फत कर छली गरी लगानी गरेको विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै बिनु श्रेष्ठ, विश्ववरसिंह थापा, डा. श्यामबहादुर कर्माचार्य हरिशकुमार तेडिङ्गी रहेका छन् । प्राध्यापक सत्येन्द्रकुमार गुप्ता र राजेन्द्रकुमार काब्राको भने आईसीआईजेले ठेगाना र कम्पनी खुलाएको छैन ।
कर छल्ने नियतका साथ काम गर्ने नेपालीहरुमा चर्चित पात्र नभएकाले अरुको लगानी उनीहरुको नाममा रहेका देखाएको छ । नेपालका नेता र व्यवपारी घरानाले उनीहरुलाई अगाडि सारेको आशंका चौतर्फी बढेको छ ।



