कमल थापाले मन्त्रिपरिषद् बैठक बहिस्कार पछि अाेली सरकारकाे काेर्समा गंभीर प्रश्न खडा भएकाे छ


Kamal-Tउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेपछि अाेली सरकारकाे काेर्समा गंभीर प्रश्न खडा भएकाे छ ।

शुक्रबार राजधानीमा भएकाे मन्त्रीपरिषदकाे बैठकमा थापा सहभागी नभएपछि राजधानीकाे बजारमा अब के हुन्छ भन्ने हल्लाखल्ला मच्चिन थालेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपट भएपछि थापाले प्रधानामन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका हुन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय ‘संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति’ गठन गर्दा अाफुसँग कुनै सल्लाह नगरेकाे भन्दै उपप्रधानमन्त्री थापा अाेलीसँग रिसाएका हुन् ।

यसअघि पनि परराष्ट्रमन्त्री थापा पटक-पटक प्रधानमन्त्री ओलीसँग असन्तुष्ट देखिएका थिए । मन्त्री थापाले भारत भ्रमण गरेपछि प्रधानमन्त्री ओलीले उनलाई एक्लै चीन नपठाउने नीति अवलम्बन गर्दा पनि थापा अाेलीसँग चिढिएकाे बुझिएकाे छ ।

संविधानसभाकाे चाैथाे ठूलाे दल र सरकारमा सहभागी तेस्राे ठूलाे दलकाे  नेता जाे वर्तमान सरकारकाे दाेस्राे वरियतामा पर्छ । साे पार्टी र त्यसका नेता उपप्रधानमन्त्री बनेका छन् ।

अनि सरकारकाे वरियतामा प्रधानमन्त्रीपछि दाेस्राे वरियतामा पर्छन् । उनैले बैठक बहिस्कार गर्नुले अब सरकारकाे भविष्य के हुन्छ भनेर प्रश्न उठ्नु स्वभाविक भएकाे राजनीतिक विश्लेषकहरूकाे भनार्इ रहेकाे छ ।

अब सरकारकाे अन्तिम भविष्य के हाेला भन्नेबारे केही दिन कुर्नु पर्ने छ हुन त याे सरकारकाे समीकरण नै अप्राकृतिक भएकाेले यस्ताे स्थिति अाउनुलार्इ वामपन्थी राजनीतिक विश्लेषकहरूले अस्वभाविक रूपमा लिएका छैनन् ।

‘अप्राकृतिक गठबन्धनले निम्ताउने परिणाम भनेकाे यस्तै स्थिति हाे,’ एक राजनीतिक विश्ल्षेकले जनपाटीसँग भने, ‘अब प्रधानमन्त्री अाेलीले कमल थापासँग कस्ताे सम्वन्ध बनाउछन्, त्यसैमा सरकारकाे भविष्य निर्भर रहने छ ।’

 

यसमा तपाइको मत