काठमाडौं । एमाओवादी काठमाडौं क्षेत्र नम्बर ४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
सन्तोष एमाओवादी पूर्व सांसद झक्कुप्रसाद सुवेदीका छोरा हुन् । झक्कु पहिलो संविधानसभामा एमाले नेता माधवकुमार नेपाललाई हराएर चर्चामा आएका थिए ।
शनिबार संवाद डबलीमा आयोजित कार्यक्रममा सुवेदीले विप्लव माओवादीमा प्रवेश गरेको घोषणा गरे । नेकपा माओवादीका उपत्यका ब्युरो इन्चार्ज सन्तोष बुढाले खादा-टीका लगाएर सनलाई स्वागत गरेका छन् ।
नवप्रवेशी सन्तोष सुवेदीले एमाओवादी संसदीय भाषमा फसेको र यसले राष्ट्रिय स्वाधीनताको पक्षमा कहिल्यै काम नगर्ने निष्कर्ष आफू पुगेपछि आफू विप्लव माओवादीमा आवद्ध हुन भएको बताए ।
कार्यक्रममा विप्लव माओवादीका उपत्यका इन्चार्ज सन्तोष बुढाले पार्टीले क्रान्तिकारी साथीहरुलाई क्रान्तिको महायात्रामा गोलबन्द हुन आह्वान गरिएको र सोही अनुरुप पार्टी प्रवेश भएको बताए ।
नेता बुढाले माओवादीहरुबीच एकता आत्मसमर्पणवादी र विसर्जनवादीहरुले चलाएको चर्चा मात्र भएको दाबी गरे । एमाओवादी संसदीय माओवादीे र वैद्य माओवादी अकर्मण्यताको खाडलमा पुगेको उनले बताए ।



