लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत भ्रमणमा


लामो समयदेखि चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत भ्रमणमा गएका छन् ।Gyanendra-Shah

निजी सचिव सागर तिमिल्सिनाका साथमा उनी बिहीवार दिउँसो करिब साढे ४ बजे इन्डियन एयरलाइन्सबाट भारतको नयाँ दिल्ली गएका हुन् ।

पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लगेका छन् ।

मुलुकमा राजतन्त्र र्फकन सक्ने हल्ला चलिरहेका बेला विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत भ्रमणमा जानु अति महत्वपूर्णरुपमा लिइएको छ ।

उनले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना रहेको दरबार उच्च स्रोतले जनाएको छ । उनी आजै र्फकने कार्यक्रम रहेको छ ।

यसअघि गएको पुसमा थाइल्याण्ड भ्रमणमा गएका पूर्वराजाले भारतका उच्च राजनीतिज्ञहरुसँग थाइल्याण्डमै भेटघाट गरेका थिए ।

‘बिहीबारमात्रै अचानक भारत भ्रमणमा जाने कुरा चल्यो, उच्च स्रोतले भन्यो,’तबमात्रै तयारी गर्यौं ।’

करिब एक महिना थाइल्याण्ड बसाइपछि नेपाल फर्किएका पूर्वराजा पछिल्लाे समय कुनै भेटघाटमा गएका थिएनन् ।
‘कार्यक्रममा समेत नगइ निर्मल निवासमा मात्र बसिरहेका उनकाे अचानक भारत भ्रमणले अाश्चार्य पारेकाे छ’, उच्च स्राेत भन्याे ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

 

यसमा तपाइको मत