पासा मेरो नाममा राज्य नमाग
दश गजामा बसेर बिदेशी भात खाँदै
मेरो देशमा ढुंगा हान्नेसंग
मलाई जोडेर राज्य नमाग पासा
मेरो देश र मित्रराष्ट्रको झन्डा समेत
आगो लगाउन पछि नपर्नेसंग
मेरो कुनै हालतमा पनि सम्बन्ध छैन पासा
तिम्रो नाममा जे सुकै गर तर
मेरो नाममा आन्दोलन गरेर
राज्य नमाग पासा
बिदेशी दुतावाससँग
मोटो रकम लियर मेरो नाममा
राज्य मलाई चाहिएन पासा
त्यस्तासँग मिलेर मेरो पुर्खाले
आजको दिनसम्म पनि
राज्य मागेको रेकर्ड छैन पासा
उनीहरुले बन्द गर्दा
मेरो बज्यैको एक सय पचास बर्षको
सन्दुक बालेर छाक तारेकोछु पासा
पहाडमा भूकम्पको चपेटामा पर्दा
खुशियाली मनाउदै नाकाबन्दी गर्नेसँग
मेरो मन एक मिनेट पनि बिश्वास छैन पासा
तिनैले नै मटितेल र ग्याँसको
कालो बजार चम्काएको
मेरो ठहर छ पासा
तिनैले नै मेरो देशको नाममा
नचाहिँदो हल्ला फैलाएको
मेरो दोष छ पासा
धेरै जसो राज्य माग्नेहरुको
सालनाल यो मेरो देशमा
गाडेको छैन पासा
त्यस्तालाई म कसो गरि
नागरिकता दिन
राज्यसँग माग गरू पासा
त्यस्तासंग मिलेर उसलाई र
मलाई छुट्टा छुटै राज्य
माग कसरि गरौ पासा
मेरो देशको भाषा ,धर्म र
संस्कृति नमान्नेसंग म
कसरि राज्य मागु पासा
मलाई कसैको लालीपप चाहिंदैन
मेरो छोरा छोरीलाई कुनै रास्ट्रको
छात्रवृति चाहिंदैन पासा
कुनै छिमेकी रास्ट्रको बिरोधि
बन्नु छैन तथा
चम्चे बन्नु पनि छैन पासा
पहाडिया चोर देश छोड
भनेको पनि मलाई
मन पर्दैन है पासा
मेरो लाटो रिस उठ्यो
भने म तिमीलाई पनि
बाँकी राख्दिन है पासा
अलि बुझ्ने आद्कल काट्दै छन्
आफ्नो नाक काटेर अरुको
छाक तर्नेहरु रे पासा
के म त्यो अभियोगमा
स्वीकार गरो पासा
त्यसैले मेरो नाममा राज्य नमाग है पासा !
***** रत्न प्रसाद अनामानी श्रेष्ठ ,नाला,काभे



