नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी देशभक्त र राष्ट्रवादी भएकै कारण मारिएको विश्लेषण राजनीतिक विश्लेषकहरुले गरेका छन् ।
भण्डारी भारतसँग अझ बढी आक्रोशित भएका कारण उनी भारतको तारोमा परेको विश्लेषण गरिन्छ ।
मदन हत्यामा पार्टीभित्रका नेताहरुको समेत संलग्नता रहेको आरोप पार्टीभित्रकै कार्यकर्ताहरुको रहने गरेको छ । ती संलग्न नेताहरु भारतसँग नजिक रहेका नेताहरु नै भएको एमाले कार्यकर्ताहरुको आरोप छ ।
खासमा एमालेका तत्कालीन महासचिव मदन मण्डारीले राष्ट्रियताको पक्षमा दह्रो अडान लिनु, राष्ट्रवादीसँग मिलेर जानुपर्छ भन्ने विचार राख्नु र भारतसँग नझुकेर आफ्नो राष्ट्रवादी अडान कायम लिनुले उनको हत्या गरिएको आँकलन गरिएको छ ।
यो हत्याकाण्डमा भारत र पश्चिमाको डिजाइनमा नेपालभित्रै पार्टीभित्र र बाहिरका मान्छेहरुलाई परिचालन गरेर गरिएको देखिन्छ ।
वास्तवमा मदन भण्डारी हत्याकाण्ड कसरी र किन भयो भन्नेबारे राजनीतिक विश्लेषकहरुले दुईवटा कारणहरु देखाएका छन् ।
पहिलो कारण ०४६ सालतिर तत्कालीन मालेको बैठकमा माधव कुमार नेपाल र इश्वर पोखरेलले मदन भण्डारीसँग एउटा प्रस्ताव राखे । त्यो प्रस्ताव यस्तो थियो– नेपालमा जनआन्दोलनका लागि भारतको सहयोग लिनुपर्छ । गणतन्त्रका लागि भारतीय सहयोग जरुरी छ ।
त्यसका लागि मालेले भारतसँग सहयोग माग्नुपर्छ । भारतसँग मिलेर गणतन्त्रका निम्ति संघर्ष गरौ । यस्ता थिए माधव र इश्वरको प्रस्ताव । त्यही बेला माधव नेपालले यस्तोसम्म प्रस्ताव राखेकि नेपालमा चल्ने जनआन्दोलनका लागि भारतबाट सिभिल डे«समा सेना लिएर आन्दोलन गरौ भन्नेसमेत प्रस्ताव राखेका थिए । ती दुवै प्रस्तावलाई मदनले ठाडै अस्वीकार गरेका थिए ।
माधव र इश्वरको त्यस्तो प्रस्ताव आएपछि मदन भण्डारीले नेपालको आन्दोलन हामी नेपालीले गर्नुपर्छ, अरुको बलमा होइन भनेर जबाफ दिएका थिए । पछि पनि भारतसँग मिलर आन्दोलन गर्नुपर्छ भन्ने प्रस्ताव माधवले तीन पटकसम्म बैठकमा ल्याएका थिए । तर, मदन भण्डारीले ती प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए ।
दोस्रो कारण तत्कालीन नेपाली कांग्रेसको सरकारले ०४९ मा भातरसँग टनकपुर सन्धि गरेर आयो । यो सन्धिका कारण कांग्रेसमा समेत अन्तरकलह मच्चियो । एमालेभित्र झन् ठूलो कलह निम्तियो ।
एमाले स्रोतका अनुसार टनकपुर सन्धिलाई कायम गरेर जानुपर्छ भनेर एमालेकै धेरै नेताले प्रस्ताव पनि लिए । यो प्रस्तावलाई मदन भण्डारीले पुनः अस्वीकृत गरिदिए । यो भारतका लागि अर्को ठूलो झट्का थियो । मदन भण्डरीका निरन्तर राष्ट्रवादी कदमलाई भारतले झन् ठूलो इस्युका रुपमा लियो ।
भारतका विरुद्ध मदन भण्डारीले लिएका हरेक राष्ट्रवादी कदमहरुका कारण भारत उनीविरुद्ध सुरुदेखि क्रुद्ध थियो । त्यो बाहेक पश्चिमी पुँजीवादी र साम्राज्यवादीहरुका लागि पनि मदन भण्डारी अर्को चुनौति बनेर उभिएका थिए । यी कारणहरुले मदनको हत्या भएको हो ।
मदन–आश्रित हत्या विदेशी शक्तिकेन्द्रको डिजाइन र नेपालभित्रैका मान्छेको प्रत्यक्ष योजनामा भएको धेरैले निश्कर्ष निकालेका छन् । तर, एमालेबाटै हत्यारा पत्ता लगाउनेबारे खासै पहल नभएपछि कार्यकर्ता र भण्डारीका छोरीहरुसमेत आश्चार्यमा परेका छन् ।



