‘सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो ।’


timthumbस्रोतका अनुसार दाहालले बजेटपछि आफूलाई नेतृत्व हस्तान्तरण गर्ने सर्तमा बालुवाटारमै अनौपचारिक सहमति भएअनुरुप अब बाटो खोल्नुपर्ने अडान राखेको बुझिएको छ । प्रचण्डले सहमति अनुसार बजेट नआएको भन्दै ओलीसँगको सम्बन्ध दीगो नबनाउन छनक पनि देखाएका छन् ।

यता प्रधानमन्त्री ओलीकै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको पुष्टि गरेका छन् ।

धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ । उनले भने– ‘सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो ।’

सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको हो ।

यसमा तपाइको मत