महतो अस्पतालबाट डिस्चार्ज, फलोअपकालागि ७ दिन दिल्लीमै


राैतहट-दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना भएका सद्भावना अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतो अस्पतालबाट डिस्चार्ज भएका छन्। चिकित्सकले एकसातापछि फलोअप चेकअपकालागि बोलाएका भन्दै महतो थप एकसता उतै बस्ने भएकाछन्। उनको स्वास्थ्यमा सुधार अाएको छ।
281ca1a40b549e07a290940fe9bd1734_L
जोगवनी नाकामा धर्ना दिनेक्रममा प्रहरी हस्तक्षेपपछि भएको झडपमा महतो घाइते भएका थिए। चारदिन पहिले उनी थप उपचारका लागि दिल्ली गएका थिए। शरीरमा लागेको चोट निको नभएपछि उनी प्रभावकारी उपचारको लागि भन्दै धरानबाट हेलिकप्टरमा काठमाडाैं अाएर दिल्ली प्रस्थान गरेका थिए। सुगर र ब्लड प्रेसरकाकारण शरीरको घाउ निको हुन समय लागेको चिकित्सकले बताएका छन्।

महतो दिल्लीको पृतमपुरमा घर भएका सद्भावना पार्टीकै विदेश विभाग हेर्ने सुमित साहको घरमा अाराम लिएका छन्।

यसमा तपाइको मत