छोराले अन्तर्जातीय प्रेम विवाह गरेको आरोपमा गाउँका मुखिया (पूर्व गाविस अध्यक्ष) र अगुवाहरूले बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन्। वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीय शिवपुजन शाह तेलीलाई बुधबार गाउँका मुखिया र अगुवाले घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको खबर आजको अन्नपूर्णमा छापिएको छ। शवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रवीना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए। असार १ गते घरबाट भागेर दुबैले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमा पञ्चायती (सर्वपक्षीय छलफल) भएको थियो। पञ्चायतीमा सहभागी गाउँका मुखीया र अगुवाले माथिल्लो जातको केटीसँग बिहे गरेको भन्दै अर्जुनका बुबालाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने निर्णय गरे । पञ्चायतीको निर्णयअनुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाई दिन गाउँका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए । मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाको अगुवाइमै गाँउलेले शिवपुजनलाई गाउँको परिक्रमा गराएका थिए । जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखयिा र गाउँका अगुवाले शिवपुजनलाई कुटपिट पनि गरेको उनका काहिँला छोरा नानकचन्द साह तेलीले बताए ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

