गजल

- राष्ट्र पुकार ताथली


उस्को त आयो मेरो पनि खाडी जाने पास आउछ
चाडै फर्किन्छु भन्ने छोरो को भोली पल्ट लास आउछ

यहाँ छ्यती त जन्म दिनी आमालाई पो भयो
इस्ट्ट मित्र बाट त समबेदना को रास आउछ

यो क्रम त सधैंनै दोहोरिनै रहन्छ
जब सम्म नेपाल मा बिदेसी पैसा को सुभास आउछ

मान्छे को जिन्दगीमा सधैं एक्का जुट कहाँ पर्छ र्
कहिले काही दुवा तिर्क्की पर्न्ने पनि तास आउछ

म सोच्छु के बिदेशमा चाँही के पैसा फल्छ र ??
नेपाल मै राम्रो काम गरन स्यबास आउछ

 

यसमा तपाइको मत