नेपाली गोलभेडा किसानहरुको अरबौं रुपियाँ डुब्दै


tomatoभारतबाट गोलभेडामा घातक किरा नेपालमा भित्रिएर नेपालभरी फैलिएतापानी सरकारले खासै वास्ता गरेको छैन । यो किराको प्रकोपले गोलभेडाको व्यवसायिक खेति ध्वस्त पार्न थालेको छ । काठमाडौँ उपत्यकाको ललितपुर , भक्तपुर , धादिङ , नुवाकोट र काभ्रेपलान्चोक जिल्ला हरुमा यो किराको प्रकोप ब्यापक देखिएको छ । सरकारको कुर्सीमा बस्नेहरु किसानको यस दुखद परिस्थितिमा साथ दिई छिटो भन्दा छिटो यस प्रकोप बाट मुक्ति दिलाउन को साटो विभिन्न सेमिनार र गोष्ठी गर्दैमा दिनहरु बितिरहेको छ । खासै यस रोग प्रति किसानहरुलाई सजग गराउने विभिन्न देशहरुबाट अनुसन्धान र औषधि हरु आयात गर्नुपर्नेमा खासै ध्यान दिएको देखिदैन । किसानहरु दिन प्रति दिन यस रोगले गर्दा प्रताडित छन् । यसबारे हाम्रा खोज सम्म्बाददाताले कृषि अनुसन्धान परिषद (नार्क) मा बुझ्न खोज्दा यो रोग विश्वभरि फैलिरहेको र यसबारे अनुसन्धान भैरहेको जानकारी दिनुभएको  छ ।

यसमा तपाइको मत