केही हाइकुहरु

- आशिष तामांग


१. चुलिदो ऋण

अपरिचित गोली

मृत शरीर !

२. खराब नेता

भन्न नमिल्ने कुरा

बिग्रदो देश !

३. बाह्र नेपाली

अफगानको घटना

स्वर्गको बाटो !

४. गरिब घर

एक छाकको चिन्ता

दु:खी जीवन !

५. पहिलो भेट

उनको सम्बोधन

नौलो संसार !

६. फितलो सिमा

देशको क्षेत्रफल ???

साघुरो नक्सा !

७. सिमा सुरक्षा

भासणमा सिमित

अतिक्रमण !

८. मेरो कलम

दबिएको आवाज

परिवर्तन !

९. झागीँदो माया

यो कस्तो बाध्यता ???

उसको चिनो !

१०. हिजोआज म

कृतिम प्रतिबिम्ब

सेल्फी दुनियाँ !

११. रात्री सडक

रहर ? कि बाध्यता ??

नेपाली चेली !

१२. महँगो शिक्षा 

साधारण जनता

खाडी मुलुक !

१३. कलेज शिक्षा 

कलिला हातहरु 

पैसाको बिटो !

यसमा तपाइको मत