एक चौथाई सांसद रोगी


काठमाडौं । व्यवस्थापिका संसद सचिवालयमा औषधि उपचारबापत रकम लिने सांसदको लर्को नै लाग्ने गरेको छ । सचिवालयमा औषधि उपचारबापत रकम माग गर्ने सांसदको संख्या कुल संख्याको एCA-Buildingक चौथाइभन्दा बढी रहेको राजधानी दैनिकमा खबर छ ।

दोस्रो संविधानसभा निर्वाचनपछि २०७१ वैशाखदेखि २०७२ पुससम्म एक सय ५९ सांसदले संसद सचिवालयबाट उपचार खर्च लिइसकेको सचिवालयले जनाएको छ । उनीहरुले उपचार खर्चबापत हालसम्म ५४ लाख ५९ हजार रुपैयाँ लिइसकेका छन् ।

माग भएमध्ये २५ लाख रुपैयाँ सचिवालयले विचाराधीन अवस्थामा राखेको छ

यसमा तपाइको मत