१.
नेपालीहरु भारतीय सेना भई गर्व किन गर्नुपर्यो ?
निहुर्याई शिर आफ्नै भुमि त्यागि वर किन सर्नुपर्यो ?
त्यसैले सचेत हुनुपर्ने देखिन्छ यहाँ साथी हो
देशै बेच्ने हो भने दिनहु सीमामा नेपाली किन मर्नुपर्यो ?
२.
बिना झरी उनको यादमा हिजो आज रुझ्नु किन ?
एकान्तमा बसी एकान्तको भासा हिजोआज बुझ्नु किन ?
त्यसैले कहिल्यै सम्झिन्न उनलाई बस्दिन एकान्तमा
नानाथरी मनगढ़ंते प्रश्न सँग हिजोआज जुझ्नु किन ?
३.
साथीहरु गर्नुपर्दछ र पो त आँट आउछ
सुनौलो सपना अनि लाश परदेशबाट आउछ
त्यसैले परदेश जानु अघि सोचौ साथीहरु
जल्ने तिमी तर घरपरिवार पो त घाट आउछ



