पूर्व युवराज पा
रस शाहले आफूले कहिल्यै राजा बन्न नचाहेको र अहिले पनि त्यस्तो चाहना नभएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार बिहान स्टाटस लेख्दै शाहले भनेका छन् –म राजा बनेर कसैलाई शासन गर्न चाहन्नँ। मैले यो पहिले पनि भनेको थिएँ र अहिले पनि भन्छु।
‘म देशलाई ट्रयाकमा फर्काउन चाहन्छु’ शाहले लेखेको छन् ‘त्यसका लागि मलाई युवा पुस्ता चाहिन्छ।‘ उनले देशमा अहिलेको अवस्था आउनुमा बुढो पुस्ता जिम्मेवार भएको उल्लेख गर्दै आफ्नो काम नयाँ पुस्तामा देश हस्तान्तरण गर्नु भएको बताएका छन्।



