गायक संजय श्रेष्ठ

- गायक संजय श्रेष्ठ


एउटा सनकीले सलाइन बाट ग्लुकोज चढाएर शरीरमा चाहिने आवस्यक तत्व प्राप्त गर्दै भोकै बसेको भन्दै “आमरण अनशन ” को आठ शृङ्खला पार गर्दासम्म उसको वरिपरि अस्पतालका प्राय सबै डाक्टरहरु हामी साथमा छौ भन्दै उसको सुरक्षामा अहोरात्र खटिने , तर अहिले त्यही अस्पतालमा एउटा गरिबको छोराले आफ्नो परिवारलाई कष्ट नहोस भनेर त्यहीँको झ्यालबाट हामफालेर आफ्नो ज्यान दिदा खै त किन अस्पताल मुकदर्शक ???? ती बिचरा युवकले झ्यालबाट हामफालुन्जेल के हेरेर बसे अस्पताल प्रशासन ??? अनशन डाक्टरले पहिला आफ्नो शरीरको भैंसी हेर्नू , अनि मात्र अरुको शरीरको जुम्रा खोज्नु । यी युवकको अनाहकमा ज्यान जानुमा अस्पताल प्रशासनको ठुलो दोष छ , यतिसम्मको हेल्चक्र्याइ ??? त्यसपछी सबैभन्दा ठूलो दोषी नेपाल सरकार छ । जाबो कुनै नेतालाइ भटमास धेरै खाएर पेट दुख्दा राज्यको कोषबाट करोडौ खर्च गर्ने तर बिचरा गरिब जनताहरु यसरी पिडादायी मृत्यु वरण गर्नु पर्ने । यी बिचरा युवकले आज अस्पताल प्रशासन बाट अनि नेपाल सरकारबाट राम्रो आश्वासन पाएका भए शायद आज अनाहकमा ज्यान दिनु पर्दैन थियो होला ।

यसमा तपाइको मत