नेपाल आमा

- कबिता चापागाई पाँचथर, नेपाल


 आफ्ना सन्तानहरुको
पीडा र वेदनामा
छटपटाउदै भकानिएर
देशलाई चिहाएर हेर्दै
यहाँका पहाड, झर्ना,
बनजंगल, नदिनालाहरु माथि
पराईको डाहा देखेर
डाको छोडी छोडी
चिच्याईरहेछिन् नेपाल आमा
ऐना ऐया ऐया
………………………..
आफ्नै कोखबाट जन्म लिएका
सन्तान सन्तान बिचको विभेद देखेर
सम्पतिको लालचमा
परिवार परिवार बिच
रत्त मछेल लडाई देखेर
सागर झैं सहस्र आसु
बगाईरहेछिन नेपाल आमा
आफ्ना सन्तानहरुको क्रिया
कुना कन्दरा हरेक ठाँउबाट नियाल्दै
आफ्नो मुटु चस्काइ
सहन नसकी चित्कार छोडी
चिच्याई रोईरहेछिन् नेपाल आमा
ऐया ऐया ऐया …………….
आफु माथिको अश्लिल कार्य
र कालोबजारी थेग्न नसकी
वगरको माछा झैं छटपटाउदै
आसु राल सिगाँनको
आहालमा डुबुल्कि मार्दै
डाको छोडेर रोईरहेछिन् नेपाल आमा
ऐया ऐया ऐया …………….
आफ्नै छातीमाथि
हत्या हिंसाको कुकार्य
अनि राजनैतिक अस्थिरता
र उथलपुथल सहन नसकी
शरिरका हरेक अंग अंग कम्पित पार्दै
लासै लासको चिहान
अनि चित्ताको ज्वालामा
जलिरहेछिन् नेपाल आमा
ऐया ऐया ऐया …………….
आफ्नै सन्तानको
बलत्कार सहन नसकी
बेइज्वतीबाट असह्य भएर
बिदेशीको इशारामा
अंग अंग नचाउनु पर्दा
पुर्ननिमार्ण र सन्तानको पीडा देखेर
छटपटाइरहेछिन् नेपाल आमा
ऐया ऐया ऐया …………….
कुकार्य कुसंगति कुदृष्टिलाई देखेर
जाल र झेलले गर्दा
छातीमा ज्वाला दन्काउदै
आफ्नै सन्तान अर्कैको
दासत्वमा पिल्सिनु पर्दा
आमाको माया ममता भुली
निर्दयी बनेको देखेर
चित्कार गरी रोइरहेछिन् नेपाल आमा
ऐया ऐया ऐया …………….।

 

यसमा तपाइको मत