असफल मेरो प्रेम कथा

- राजेन्द्र कुमार महर्जन कीर्तिपुर—३


न त मैले आफ्नो बनाउन सके
न त म कसैको हुन सके
केवल मौनताले गुम्सिरहे
अपबित्र मेरो बेदना
न त मनको ब्यथा बोल्न सके
न त कसैको ब्यथा सुन्न सके
केवल उपेक्षाको नजर खेपिरहे
तृरस्कृत मेरा भावनाका ब्यथा
न त लुकाउन सके
न त फुकाउन सके
केवल जलनको भत्तिमा जलिरहे
हारुवा प्रेमको लडाइको कथा
न त ढल्न सके
न त ढाल्न सके केवल
निशब्द बोलिको बाण
अङ्गाली रहे ।

यसमा तपाइको मत