गोविन्द दामोदर राम स्याम
एकै छ ईश्वर अनेक नाम
जप्दै गएमा पनि एक नाम
आखीर मिल्ने प्रभु दिब्यधाम १
सदैब आशा फलको नराखी
सत्कर्म गर्नै अधिकार सम्झी
जेकाम गर्छौ उनकै त ठानी
लीला उनैको बुझ भक्तज्ञानी २
बुभ्mदै गएमा महिमा अपार
लिएर गीता अनुसार सार
सम्पूणर््ा कर्ता प्रभुनै रहेछ
निमित्त हामी हुनु रैछ एक ३
आलस्य निद्रा र प्रमाद लाई
तुरुन्त त्यागी प्रभुमा विलाई
विश्वास ठूलो उसमै बसाली
कालो र मैलो मनको पखाली ४
श्री कृष्ण सम्झेर सधै रमाउ
बेला छदैमा मन चित्त लाउ
म भोली पर्सी पछि जप्छुभन्दै
भुलेर बस्छौ अन जान बन्दै ५
झुठो छ संसार अनित्य चोला
जान्दैन कोही पछि के त होला
उमेर बढ्दै छ घटेर आयु
शरीर खोक्र्रो र असक्त पारी ६
बही समाती दिनवार गन्दै
हेर्दैछ यो चित्र कठोर बन्दै
यो आयु हाम्रो जुनवार पुग्छ
थाहा नपाई कन प्राण छुट्छ ७
रोई कराई यम दूत लाई
सक्दैन कोही पनि छेक्न लाई
छोरा र छोरी धन सम्पतीको
तोडेर नाता पनि दम्पतीको ८
बिर्सेर सारा परिवार लाई
सम्पूर्ण जीवन् प्रभुमा बिसाई
जानुछ एक्लै सब खाली हात
जादैन केही पनि साथ साथ ९
चैतन्य चोलाछ मनुस्य हाम्रो
यस्मै त मुक्ती हुनसक्छ राम्रो
सभक्ति साथै प्रभु पाद पाउ
संसार तर्ने सजिलो छ नाउ १०
मुक्तिको बाटो
- तेजप्रकाश बानियाँ



