दु:ख देख्दा खुसी हुँदै रमाउने आफ्नै हुन्छन ।
खुच्चिङ प’रो भनी तालि बजाउने आफ्नै हुन्छन ।
सत्रु बाट सचेत हुँदै आफै बच्न सके पनि ।
मीठो बोली वचन गरि फसाउने आफ्नै हुन्छन ।
तिम्रो लागि म छु भन्दै समाएर जङ्घार तारी ।
आफ्नै बस्तीबाट डाँडा कटाउने आफ्नै हुन्छन ।
दु :ख पर्दा “मनको कुरा पराईले बुझ्ला बरु ।
तर यहाँ बुझबुझी बुच-पचाउने आफ्नै हुन्छन ।
खुसी हुँदै रमाएर बस्ने मनको बस्तिहरु ।
हरेक कुरा लगाएर भत्काउने आफ्नै हुन्छन ।



