गजल

- आशिष तामांग बालाजु , काठमाडौँ


सम्बन्ध बिग्रियो जब उसले सीमा मिच्दै गयो
नियम कानुन बेवास्ता गरि खुट्टाले किच्दै गयो

अति नै भयो त्यसैले विद्रोहको निमित्त उठे म
जब सामन्ती शासक अनि सत्ताधारीले किच्दै गयो

परिवर्तन ल्यायो विद्रोहले प्रतिफल शुन्य देख्छु
केवल इतिहासले थुप्रै फोटोहरु खिच्दै गयो

दुख लाग्न थाल्यो देशको अहिलेको स्थिति देखेर
गौरवमय इतिहास त केवल रगतहरुले भिज्दै गयो

देश बिकास किन भएन भनेर भन्छन सबैले
सोझा ती कर्मचारीले टेबुल मुनिबाट घिच्दै गयो

यसमा तपाइको मत