शून्य पछिको शुरुवातमा
हामीले प्रयास गरेका सफलता
झिनो आशाका किरण हुन्
हिजो जहाबाट शुरु गरिएको थियो ।
त्यो भन्दा एक खुट्कीलो अगाडि
टेक्नु,
सुन्दर सपना देख्नका लागि
खुसिको अवसर पनि हो ।
र,
चुनौतिका अनगिन्ती भण्डारहरु
जो विश्वासको दियो वालेर लम्कन्छ
विवशताका हातहरुमा मलम लगाएर
अन्याय, अत्याचार विरुद्धको लडाईमा
निरन्तर निरन्तर रुपले अघि बढ्छ ।
त्यो एउटा नमूना बन्छ भविष्यमा
आकाश छुनु अनौठो छैन,
तर,
आकाश छोए पछि के गर्ने ?
भावना नभएको संग के अर्थ ?
जहा“ समस्या छ समाधान छैन ।
त्यहा“ उपस्थितिको के अर्थ ?
वढ्नु परेपछि समस्या र समाधान
एउटै रथका दुई पाङ्ग्रा बनाउनुपर्छ ।
र,
इतिहास रचिन्छ, एक कालखण्डमा
समय एक चोटी आउछ
समस्या वार वार दोहोरिन सक्छ ।
समाधानका उपाय अनेकन हुनसक्छ ।
त्योपत्ता लगाउन चलाख नेतृत्वको
असल सफलता हो
काम जहिले पन शून्यबाट शून्यमै टुङ्गीन्छ ।



