युवा संघ नेपाल टोखा नगर समन्वय कमिटीले नेपालको कम्युनिस्ट इतिहासकै पहिलोपल्ट २५ वर्ष कम्युनिस्ट पार्टीमा लागेकालाई उनीहरुले पुर्याएको योगदानको कदर गर्दै आज एक कार्यक्रमका बिच सम्मान गरेको छ । युवा संघ काठमाडौका कोषाध्यक्ष एवम टोखा नगर समन्वय कमिटीका संयोजक रमकुमार अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले उपाध्यक्ष एवम पुर्व रक्षामन्त्री भिम रावलले सम्मान गर्नु भएको हो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष कृष्ण राई, युवा संघ केन्द्रिय सदस्य निरन्जन नेपाल, युवा संघका सचिवालय सदस्य शान्ता राई, युवा संघ उपत्यका ईन्चार्ज , सचिवालय सदस्य एवम युव समिति काठमाडौका अध्यक्ष निरेशलाल सिंह लगाएतको उपस्तिथि रहेको थियो । कार्यक्रममा एमाले उपाध्यक्ष भिम रावलले युवा संघ टोखाले उदाहरणीय काम गरेको भन्दै अरुले पाठ सिक्नुपर्ने कुरा राख्नु भएको थियो । शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रममा एमाले जिल्ला कमिटी सदश्य मणिराज डंगोल,युवा संघ उपत्यका ईन्चार्ज निरेशलाल सिंह लगाएतले सम्बोधन गर्नु भएको थियो भने २५ वर्ष कम्युनिस्ट पार्टीमा लागेर योगदान गर्ने ८५ जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सम्मनित मध्यका एक रामचन्द्र महर्जनले खोज अनलाईन दिएको जनाकारी अनुसार युवा संघ टोखाले सराहनीय कार्य गरेको र यसले पार्टीमा लाग्न थप प्रेरणा मिलेको र अन्यलाई समेत लाग्न प्रेरित गरेको बताउनुभएको थियो ।कार्यक्रम टोखाको वडा नम्बर ५-६ को संयुक्त वडा कार्यलयमा आयोजना गरिएको थियो ।



